आदर्श कपमा ८ टिम भिड्ने, उपाधि राशी ४ लाख ९९ हजार ९ सय ९९

पाेखरा | माघ ३, २०८२

आदर्श कपमा ८ टिम भिड्ने, उपाधि राशी ४ लाख ९९ हजार ९ सय ९९

पोखरा:  पोखरा महानगरपालिका–२९ भण्डारढिकस्थित लेखनाथ रंगशालामा हुने २६ औं संस्करणको आदर्श कपमा ८  टिम भिड्ने भएका छन् । 


आदर्श युवा क्लबको आयोजना यही पुस ९ देखि १६ गतेसम्म हुने २६ औं संस्करणको आदर्श कपमा दुई विभागीय क्लबसहित ८  टिमको सहभागिता हुने पक्का भएको हो । 


पोखरामा आज पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी अन्तिम चरणको पुगेको क्लबका अध्यक्ष पदम गुरुङ बताए । 


‘२१ औं संस्करणसम्म जिल्लास्तरीय हुँदै राष्ट्रिय प्रतियोगिता सफलतापूर्वक सम्पन्न गर्दै अहिले हामी अहिले २६औं संस्करणमा आइपुगेका छौं, अध्यक्ष गुरुङले भने,‘कोभिड लगायत विविध कारणले केही वर्ष प्रतियोगिता हुन नपाएपनि हामीले पुनः प्रतियोगितालाई निरन्तरता दिँदै अहिले पुस ९ देखि १६ गतेसम्म प्रतियोगिता सञ्चालन गर्दै छौं ।’


अध्यक्ष गुरुङका प्रतियोगितामा नेपाल प्रहरी गण्डकी, सशस्त्र प्रहरी बल मुक्तिनाथ बाहिनी मुख्यालय, आदर्श युवा क्लब, कास्की ११, गन्नी एफसी पर्वत, एन्फा तनहुँ, होराईजन क्लब वालिङ स्याङ्जा, म्याग्दी खेलकुद विकास समितिको सहभागिता रहनेछ । 


प्रतियोगिताको विजेताले ४ लाख ९९ हजार ९ सय ९९ र उपविजेताले ३लाख ३३ हजार ३ सय ३३ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । यस्तै प्रत्येक खेलको म्यान आफ दि म्याच घोषित खेलाडीले नगद ५ हजारसहित ट्रफी प्राप्त गर्नेछन् । 


यस्तै प्रतियोगिताको विधागतर्फ उच्च गोलकर्ता, उत्कृष्ट प्लेमेकर, उत्कृष्ट डिफेन्स,गोलरक्षक र कोचले जनही १५÷१५ हजारसहित ट्रफी र प्रमाणपत्र प्राप्त गर्नेछन् ।


प्रतियोगिता सम्पन्न करिव ६१ लाख खर्च हुने अनुमान रहेको आयोजकले जनाएको छ । प्रतियोगिताको क्वाटरफाइनल र सेमिफाइनलका लागि १ सय रुपैयाँ र फाइनल खेलका लागि २ सय रुपैयाँ प्रवेश शुल्क तोकिएको छ । 


प्रतियोगिताको मुख्य प्रायोजकमा फस्ट च्याईस फुड्स लिमिटेड शुद्धोधन–४ रुपन्देही रहेको छ । 

 

 
 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्